📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण
समाचार📅 3 Nov 2026✍️ प्रस्तुत: दिनेश नेपाली

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण

पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक, पाल्पाले आफ्ना सदस्य विष्णु कुमारी घर्तीलाई बीमा दाबीबापत प्राप्त रु. १ लाख ९० हजार हस्तान्तरण गरेको छ।

सदस्य विष्णु कुमारी घर्तीका श्रीमान्को निधन भएपछि संस्थाको सदस्यहित कार्यक्रमअन्तर्गत बीमा दाबीबापत प्राप्त रकम उहाँलाई हस्तान्तरण गरिएको हो।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संस्थाका शाखा सञ्चालन अधिकृत दिनेश नेपालीले सदस्यलाई परेको दुःखद परिस्थितिमा आर्थिक राहत प्रदान गर्ने उद्देश्यले संस्थाले सदस्य संरक्षण तथा हितका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

संस्थाबाट प्राप्त यस सहयोगले शोकसन्तप्त परिवारलाई परेको आर्थिक भार कम गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

शाखा सञ्चालन कार्यालय, हार्थोक, पाल्पा।

More

अन्य समाचार

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित
समाचार17 Nov 2026

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित

बुटवल, मंसिर १ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन…

थप पढ्नुहोस् →
आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी
कार्यक्रम13 Nov 2026

आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्था लिमिटेड ईलाका सञ्चालन कार्यालय कोहलपुरको आयोजनामा बाँके जिल्ला कोहल…

थप पढ्नुहोस् →
कोटातुल्सीपुरमा   प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी
कार्यक्रम3 Nov 2026

कोटातुल्सीपुरमा प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी

*प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न* इलाका सञ्चालन कार्यालय, कोटा तुलस…

थप पढ्नुहोस् →