📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी
कार्यक्रम📅 13 Nov 2026

आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्था लिमिटेड ईलाका सञ्चालन कार्यालय कोहलपुरको आयोजनामा बाँके जिल्ला कोहलपुर नगरपालिका १२ चप्परगौडी स्थित सुनाखरी होटल तथा पार्टी प्यालेसमा केन्द्रीय कार्यालयको प्रवर्धन, सीप विकास, परामर्श तथा सञ्चार विभागका विभागीय प्रमुख आदरणीय श्री टोप बहादुर सुनार, इलाका सञ्चालन अधिकृत र कोहलपुर ईलाका सञ्चालन कार्यालय अन्तर्गतका ११ शाखा सञ्चालन अधिकृतहरूको उपस्थितिमा १ दिने प्रथम त्रैमासिक समिक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जसमा विभागीय प्रमुखले संस्थाको दिगो विकासको लागि शाखा सञ्चालन अधिकृतहरूको ईमान्दारीता लगनशीलता कडा मिहेनत र स्मार्ट कार्यसम्पादन अनिवार्य रहेको प्रस्ट पार्दै शाखागत लक्ष्य निर्धारित समयसिमा भित्र पूरा गर्न सान्दर्भिक विधि र कर्मचारीहरूलाई आवश्यक उत्प्रेरणा प्रदान गर्नुभएको छ । ईलाका सञ्चालन अधिकृतले प्रथम त्रैमासमा भए गरेका राम्रा पक्षलाई निरन्तरता र कमजोरीहरूलाई सुधार गर्दै आउने दिनहरूमा लक्ष्य अनुरुप प्रगति गर्नको लागि आवश्यक मार्गदशन प्रदान गर्नुभएको छ भने सम्बन्धित शाखा सञ्चालन अधिकृतहरूले शाखामा भए गरेका क्रियाकलाप तथा अनुभवहरू आदान प्रदान गर्दै आउने दिनहरूमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिवदता व्यक्त गर्नुभएको छ ।

आज सम्पन्न यस कार्यक्रमले सम्पूर्ण कर्मचारीहरूमा सकारात्मक ऊर्जा प्राप्त भई आगामी दिनहरूमा लक्ष्य बमोजिमको गुणस्तरीय उत्कृष्ट कार्यसम्पादन हुने अपेक्षा गरिएको छ ।

More

अन्य समाचार

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित
समाचार17 Nov 2026

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित

बुटवल, मंसिर १ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन…

थप पढ्नुहोस् →
कोटातुल्सीपुरमा   प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी
कार्यक्रम3 Nov 2026

कोटातुल्सीपुरमा प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी

*प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न* इलाका सञ्चालन कार्यालय, कोटा तुलस…

थप पढ्नुहोस् →
जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण
समाचार3 Nov 2026

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण पाल्पा । जनउत्थान सामुदायिक लघुवित…

थप पढ्नुहोस् →