📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित
समाचार📅 17 Nov 2026

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित

बुटवल, मंसिर १ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मिति २०८३ मंसिर १ गते आयोजित विशेष कार्यक्रममा संस्थालाई कदरपत्रसहित सम्मान गरिएको हो। सम्मानपत्र संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले ग्रहण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कदरपत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष तथा आन्तरिक राजस्व कार्यालय बुटवलका कार्यालय प्रमुख हरि बस्यालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्रका करदातामध्ये आर्थिक वर्ष २०८१/८२ मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले *रु. २ करोड २९ लाख ३९ हजार ६ सय ७०* आयकर दाखिला गरी प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी सिद्धार्थ केबलकार लिमिटेडले रु. २ करोड २३ लाख ५५ हजार २ सय ८१ दाखिला गरी दोस्रो र सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.ले रु. २ करोड ५ लाख ४९ हजार २ सय ५२ दाखिला गरी तेस्रो स्थान हासिल गरेका छन्।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले संस्थाले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो। उहाँले राज्यको राजस्वमा योगदान पुर्‍याउनु संस्थाको दायित्व र राष्ट्रिय विकासमा सहभागिता जनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सम्मानका लागि आन्तरिक राजस्व कार्यालय बुटवलप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, देवदह व्यापार संघ, तिलोत्तमा व्यापार संघ, देवदह उद्योग वाणिज्य संघ, सैनामैना व्यापार संघ, नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बुटवल उपमहानगरपालिका–१०, कालिकानगरमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले *“स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण”* भन्ने मूल अभियानका साथ वित्तीय सेवा प्रदान गर्दै आएको छ। पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका ११ र पहाडी क्षेत्रका ८ गरी १९ जिल्लामा ३९ वटा शाखा सञ्चालन कार्यालयमार्फत करिब ६३ हजार परिवारलाई संस्थाले वित्तीय सेवामा आबद्ध गरेको छ।

आयकर दाखिलामा प्राप्त यस सम्मानले संस्थाको वित्तीय अनुशासन, संस्थागत सुशासन, पारदर्शिता तथा राष्ट्रिय अर्थतन्त्रप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ। साथै, यस उपलब्धिले आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवा प्रवाह र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन संस्थालाई थप प्रेरणा प्रदान गरेको छ।

More

अन्य समाचार

आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी
कार्यक्रम13 Nov 2026

आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्था लिमिटेड ईलाका सञ्चालन कार्यालय कोहलपुरको आयोजनामा बाँके जिल्ला कोहल…

थप पढ्नुहोस् →
कोटातुल्सीपुरमा   प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी
कार्यक्रम3 Nov 2026

कोटातुल्सीपुरमा प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी

*प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न* इलाका सञ्चालन कार्यालय, कोटा तुलस…

थप पढ्नुहोस् →
जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण
समाचार3 Nov 2026

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण पाल्पा । जनउत्थान सामुदायिक लघुवित…

थप पढ्नुहोस् →