बुटवलमा इलाका संचालन कार्यालय बुटवलको प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न
इलाका सञ्चालन कार्यालय, कोलोनी, रुपन्देहीद्वारा आफ्नो इलाका अन्तर्गतका १२ वटा शाखा सञ्चालन कार्यालयहरूको सहभागितामा संस्थाका Act.CEO इन्द्र बरालीको उपस्थितिमा प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम त्रैमासिक अवधिमा भएका कार्यहरूको समीक्षा, बजेट कार्यान्वयनको अवस्था, आगामी कार्ययोजना तथा संस्थागत लक्ष्य हासिल गर्न अपनाउनुपर्ने रणनीतिका विषयमा छलफल गरिएको थियो । साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कार्यसम्पादनमा सुधार ल्याउने तथा निर्धारित लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्ने विषयमा जोड दिइएको थियो । कार्यक्रमले शाखा कार्यालयहरू बीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै आगामी दिनमा संस्थाको लक्ष्य प्राप्तिका लागि थप प्रभावकारी रूपमा कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
