मंगलपुर इलाकाको प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न
चितवन, कात्तिक १५। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि., इलाका सञ्चालन कार्यालय मंगलपुरको आयोजनामा प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नवलपुरको गैँडाकोट स्थित होटल रिभर क्राउनमा भएको कार्यक्रममा इलाका सञ्चालन अधिकृत सुमन सापकोटासहित शाखा सञ्चालन अधिकृतहरूको सहभागिता थियो।
गोष्ठीमा शाखाहरूले प्रथम त्रैमासको प्रगति प्रस्तुत गरे र आगामी त्रैमासका लागि कार्यदिशा तय गरे। शाखागत समस्या तथा सुझावमाथि पनि छलफल भयो।
