📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
समाचार📅 15 Oct 2026✍️ प्रस्तुत: चन्द्र पोखरेल

बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग

बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउतलाई हस्तान्तरण गरेका हुन् । सोही अवसरमा मन्त्री सीता बादीलाइ भेटी रकम हस्तान्तरणका साथै थप राहत संकलन गर्ने संस्थाको योजना बारे जानकारी गराइएको थियो ।

विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि राज्यद्वारा सञ्चालन भइरहेका प्रयासमा संस्थाको तर्फबाट समेत सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष डा.मान बहादुर बीके ले बताए ।

यसै सन्दर्भमा संस्थाले बाढी प्रभावितहरूको सहयोर्गाथ आफ्ना कर्मचारीहरूको एक दिन बराबरको तलब तथा भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । साथै, संस्थासँग आबद्ध सदस्य तथा उनीहरूका परिवार प्रभावित भए/नभएको पहिचान गर्न आवश्यक तथ्यांक संकलन गर्ने, प्रभावित व्यक्तिको खोज तथा उद्धारमा सहजीकरण गर्ने र स्वेच्छिक रूपमा राहत रकम वा जिन्सी सहयोग गर्न चाहने सदस्यहरूबाट सम्बन्धित शाखा मार्फत सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

यसै क्रममा बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । संस्थाले आफ्नो रणनीतिक योजना अन्तर्गत विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्दै आईरहेको छ । विगतमा समेत विपद्को समयमा आर्थिक तथा जिन्सी राहत सहयोग प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने संस्थाका का.मु.प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले जनाए ।

स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने मुख्य अभियानका साथ २०६७ सालमा स्थापित यस संस्थाले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा सामुदायिक वित्तीय सेवा पुर्‍याउने र समुदायमा रहेको रैथाने शिप तथा पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ ।

हाल पर्सा देखि कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ३७ हजार सदस्यहरुलाई संस्थामा आवद्ध गरी सामुदायिक वित्तीय सेवा पुर्‍याईरहेको छ । संस्थाको केन्द्रिय कार्यालय बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ २१:०३

More

अन्य समाचार

जनउत्थान सामुदायिक लघुवित्त वितिय संस्था लिमिटेड शाखा संन्चालन कार्यालय शक्तिखाेर विमा वाफत रकम हस्तान्तरण
समाचार29 Oct 2026

जनउत्थान सामुदायिक लघुवित्त वितिय संस्था लिमिटेड शाखा संन्चालन कार्यालय शक्तिखाेर विमा वाफत रकम हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा क्रिया तथा विमाबापत रकम २७०००० दुई लाख सत्तरी हजार रुपैयाँ हस्तान्तरण चितवन…

थप पढ्नुहोस् →
। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक,क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण
कार्यक्रम28 Oct 2026

। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक,क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण पाल्पा । जनउत्थान सामुदायिक लघुवि…

थप पढ्नुहोस् →
बाख्रापालनबाटै आत्मनिर्भर बन्न सकिन्छ, ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल
समाचार28 Oct 2026

बाख्रापालनबाटै आत्मनिर्भर बन्न सकिन्छ, ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

हेमा भट्ट, कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने, आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिव…

थप पढ्नुहोस् →