। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक,क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण
जनउत्थान सामुदायिक लघुवित्तद्वारा क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण
पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक, पाल्पाले संस्थामा आबद्ध सदस्य स्वर्गीय राधा सुनारको परिवारलाई क्रिया खर्चबापत रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाले सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरेको हो। कार्यक्रममा स्वर्गीय राधा सुनारका परिवारका सदस्य नरबहादुर सुनारलाई क्रिया खर्चबापतको रकम हस्तान्तरण गरिएको थियो।
उक्त क्रिया खर्च रकम हस्तान्तरण कार्यक्रमबारे जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक, पाल्पाका शाखा सञ्चालन अधिकृत दिनेश नेपालीले जानकारी दिनुभएको हो।
संस्थाले आफ्ना सदस्य तथा सदस्यका परिवारको सुखदुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्य गर्दै आएको छ। यस्ता कार्यक्रमले संस्था र सदस्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी सहयोग, सद्भाव र विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
शाखा सञ्चालन कार्यालय, हार्थोक, पाल्पा
