जनउत्थान सामुदायिक लघुवित्त वितिय संस्था लिमिटेड शाखा संन्चालन कार्यालय शक्तिखाेर विमा वाफत रकम हस्तान्तरण
जनउत्थान सामुदायिक लघुवित्तद्वारा क्रिया तथा विमाबापत रकम २७०००० दुई लाख सत्तरी हजार रुपैयाँ हस्तान्तरण
चितवन । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय शक्तिखाेरले संस्थामा आबद्ध सदस्य स्वर्गीय साेम माया कुमालको परिवारलाई क्रिया तथा विमा खर्च बापत रु. २७०००० दुई लाख सत्तरी हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाले सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई सहयोग स्वरूप उक्त रकम हस्तान्तरण गरेको हो। कार्यक्रममा स्वर्गीय साेम माया कुमालका परिवारका सदस्य दिल बहादुर कुमाललाई साे खर्च बापतको रकम हस्तान्तरण गरिएको थियो।
उक्त विमा खर्च रकम हस्तान्तरण कार्यक्रमबारे जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय शक्तिखाेर, चितवनका शाखा सञ्चालन अधिकृत महेश भट्ट ले जानकारी दिनुभएको हो।
संस्थाले आफ्ना सदस्य तथा सदस्यका परिवारको सुखदुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्य गर्दै आएको छ। यस्ता कार्यक्रमले संस्था र सदस्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी सहयोग, सद्भाव र विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
शाखा सञ्चालन कार्यालय, शक्तिखाेर चितवन
