📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै जनउत्थान लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम
समाचार📅 15 Oct 2026

सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै जनउत्थान लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम

बर्दिया, असोज २४

बर्दियाको गेरुवा गाउँपालिका-३, शान्तिबजारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्यहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले एकदिने व्यावसायिक च्याउ खेती तालिम सञ्चालन गरेको छ।

‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नारासहित शनिबार, २०८३ असोज २४ गते संस्थाको शान्तिबजार शाखा सञ्चालन कार्यालयमा तालिम आयोजना गरिएको हो। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त तथा १५ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण, सीप विकास र आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जनाएको छ।

शाखा सञ्चालन अधिकृत छोटेलाल चौधरीको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षक राजेश चौधरीले सहभागीहरूलाई व्यावसायिक च्याउ खेतीसम्बन्धी प्रशिक्षण दिएका थिए। तालिममा विभिन्न समुदायका २३ जना सदस्यको सहभागिता रहेको थियो।

More

अन्य समाचार

जनउत्थान सामुदायिक लघुवित्त वितिय संस्था लिमिटेड शाखा संन्चालन कार्यालय शक्तिखाेर विमा वाफत रकम हस्तान्तरण
समाचार29 Oct 2026

जनउत्थान सामुदायिक लघुवित्त वितिय संस्था लिमिटेड शाखा संन्चालन कार्यालय शक्तिखाेर विमा वाफत रकम हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा क्रिया तथा विमाबापत रकम २७०००० दुई लाख सत्तरी हजार रुपैयाँ हस्तान्तरण चितवन…

थप पढ्नुहोस् →
। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक,क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण
कार्यक्रम28 Oct 2026

। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक,क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा क्रिया खर्चबापत २५ हजार रुपैयाँ हस्तान्तरण पाल्पा । जनउत्थान सामुदायिक लघुवि…

थप पढ्नुहोस् →
बाख्रापालनबाटै आत्मनिर्भर बन्न सकिन्छ, ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल
समाचार28 Oct 2026

बाख्रापालनबाटै आत्मनिर्भर बन्न सकिन्छ, ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

हेमा भट्ट, कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने, आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिव…

थप पढ्नुहोस् →